सुनको मूल्य घट्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं ।स्थानिय बजारमा सुनको मूल्य घटेको छ ।

आज सूनको मूल्य एक हजार ५०० रुपैयाँले घटेको छ ।

यस दिन नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ ।

चाँदीको मूल्य आज १० रुपैयाँ घटेर एक हजार ९९५ रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार  १२ : ४९ बजे