बजेटमा निजी क्षेत्रको सुझाव समेटियो, कार्यान्वयन जरुरी छ : अध्यक्ष ढकाल



काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष चन्द्र ढकालले उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको बताएका छन् ।

बिहीबार संसद भवनमा बोल्दै उनले बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर भन्दै महासंघले दिएका सुझावहरु बजेटमा समेटिएको बताए ।

उनले भने, ‘उद्योग वाणिज्य महासंघले निजी क्षेत्रको तर्फबाट दिएको धेरै सुझावहरु बजेटमा समेटिएको छ । तर यो कार्यान्वयन भएन भने जति राम्रो भएपनि केही काम हुदैँन् । बजेटमा निजी क्षेत्रलाई प्राथमिकतामा राखेर छ,‘अहिलेको बजेटले निजी क्षेत्रलाई ड्राइभिङ सिटमा राखेर महत्त्व दिनुभएको छ । त्यो हिसाबले पनि अगाडिभन्दा फरक हुन्छ भन्ने आशा हो ।’

प्रकाशित मिति : जेष्ठ १५, २०८२ बिहीबार  ७ : ११ बजे