तोलामा २९ सय रुपैयाँले बढ्यो सूनको मूल्य



काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

सुनको मूल्य तोलामा दुई हजार ९०० रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ७०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य पनि तोलामा ५५ रुपैयाँ बढेको छ । महासंघले चाँदीको मूल्य तोलाको दुई हजार ४५ रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २०, २०८२ मंगलबार  ११ : २२ बजे