बिहिबार ५.९९ अंकले घट्यो सेयर बजार, सात अर्ब ९७ करोडको कारोबार



काठमाडौं । धितोपत्र दोस्रो बजार मापकसेयर बजार (नेप्से परिसूचक) ५.९९ अंकले घटेको छ ।

यस दिन नेप्से परिसूचक २६४०.९६ विन्दुमा बन्द पुगेको हो ।

आज सात अर्ब ९७ करोड रुपैयाँको सेयरकारोबार भएको छ ।

बैंकिङ ०.४३, विकास बैंक ०.२८, फाइनान्स ०.५६, होटल तथा पर्यटन ०.४८, जीवन बीमा ०.५६, माइक्रोफाइनान्स ०.४०, निर्जीवन बीमा ०.१२, अन्य ०.६७ तथा व्यापार ०.८५ प्रतिशत घटे ।चार कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । रिभर फल्स पावर, बुटवल पावर, पियोर इनर्जी र बरुण हाइड्रोपावरको मूल्य १० प्रतिशत बढ्यो ।

यस दिन ९४ कम्पनीको सेयर मूल्य बढेको छ भने १५३ कम्पनीको सेयर मूल्य घटेको छ र शिवम् सिमेन्टको सेयर मूल्य स्थिर छ ।

प्रकाशित मिति : जेष्ठ २२, २०८२ बिहीबार  ४ : ५३ बजे