काठमाडौं ।स्थानिय बजारमा शुक्रबार सुनको मूल्य स्थिर छ ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९३ हजार ७०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
बिहीबार पनि छापावाल सुन प्रतितोला एक लाख ९३ हजार ७०० रुपैयाँमै कारोबार भएको थियो ।
चाँदीको मूल्य भने तोलामा ७५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार १५० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














