माछापुच्छ्रे क्यापिटल र नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता



काठमाडौं । माछापुच्छ्रे क्यापिटल लिमिटेड तथा नर्थ समिट हाइड्रो लिमिटेडबिच सम्झौता भएको छ । नर्थ समिट हाइड्रो लिमिटेडको प्राथमिक शेयर निष्काशनका लागि संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिक्री प्रबन्ध सेवा प्रदानका लागि सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

शुक्रबार भएको सम्झौता समारोहमा धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धक संस्था माछापुच्छ्रे« क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत उपेन्द्र मालाकार र निष्काशनकर्ता कम्पनी नर्थ समिट हाइड्रो लिमिटेडको तर्फबाट प्रबन्ध सञ्चालक बालेन्द्र क्षेत्रीद्वारा सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।

नर्थ समिट हाइड्रो लिमिटेडले जारी पुँजीको ३० प्रतिशत अर्थात कुल ३८,४०,००० कित्ताको प्रति शेयर अंकित मुल्य रु.१००÷ का दरले हुन आउने रकम ३८ करोड ४० बराबरको साधारण शेयर सर्वसाधारणमा जारी गर्नका लागि माछापुच्छ्रे« क्यापिटल लिमिटेडलाई संस्थागत परामर्श सेवाका साथै निष्काशन तथा बिविक्री प्रबन्धकको रुपमा नियुक्त गरिएको हो ।

नर्थ समिट हाइड्रो लिमिटेडले लमजुङ जिल्लाको मस्र्याङदी गाउँपालिका भएर बग्ने न्यादी र फिदी खोलाको पानीको बहाव सदुपयोग गरी २१.४ मे.वा. क्षमताको न्यादी फिदी जलविद्युत आयोजना निर्माण गरिरहेको छ ।

प्रकाशित मिति : जेष्ठ २३, २०८२ शुक्रबार  ७ : ३० बजे