काठमाडौं । धितोपत्र दोस्रो बजार मापक सेयर बजार (नेप्से) १३.६९ अंकले घटेको छ । यसदिन नेप्से परिसूचक ०.५१ प्रतिशत घटेर २६६४.४७ विन्दुमा पूगेको हो ।
यसदिन नौ अर्ब ९० करोड ७० लाख रुपैयाँको सेयर कारोबार भएको छ ।
बैंकिङ ०.५१, विकास बैंक ०.७८, होटल तथा पर्यटन १.०८, लगानी १.०७, जीवन बीमा ०.८४, उत्पादन तथा प्रशोधन ०.६१, माइक्रोफाइनान्स ०.४१, निर्जीवन बीमा ०.७१, अन्य १.५७ र व्यापार समूह ०.९२ प्रतिशत घटे । तीन हाइड्रोपावर कम्पनी पियोर इनर्जी, सिनर्जी पावर र बुटवल पावरको मूल्य १० प्रतिशत बढ्यो । त्यस्तै रिभर फल्स पावरको ७.६४, गुराँस लघुवित्तको ७.१४ तथा श्री इन्भेस्टमेन्ट फाइनान्सको ६.०७ प्रतिशत मूल्य बढ्यो
आज ७७ कम्पनीको सेयर मूल्य बढेको छ भने १७० कम्पनीको सेयर मूल्य घटेको छ र गणपति लघुवित्त वित्तीय संस्थाको सेयर मूल्य स्थिर छ ।














