सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा बिहीबार सुनको मूल्य बढेको छ ।

आज सुनको मूल्य तोलामा १६ सय रुपैयाँले बढेको हो

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९२ हजार ९०० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

चाँदीको मूल्य भने तोलामा १५ रुपैयाँले घटेको छ । चाँदीको मूल्य तोलाको दुई हजार १५० रुपैयाँ कायम रहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : जेष्ठ २९, २०८२ बिहीबार  १२ : ०५ बजे