रसुवा बाढी : यी हुन् सम्पर्कविहीन १८ व्यक्ति (सूचीसहित)



काठमाडौँ । चीनतर्फबाट आएको बाढीका कारण रसुवामा १८ जना सम्पर्कविहीन भएका छन्। नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरी बलको टोलीले ९ जनाको उद्धार गरेको छ।

नेपाल प्रहरी अन्तर्गत इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी सहायक निरीक्षक लालबहादुर श्रेष्ठ, प्रहरी जवान मुन्ना ठाकुर र लोकेन्द्र बोहोरा सम्पर्कविहीन छन्।

यस्तै बाढीमा परी ६ जना चिनियाँ नागरिक सम्पर्कविहीन छन्।

सशस्त्र प्रहरीका अनुसार सम्पर्कविहीन चिनियाँ नागरिकमा यु युई, ली हुआकिङ, याङ चुआन, यु हाई हाङ, यु सियाओ क्यु र जोउ योङ छन्।

यस्तै नेपाली नागरिकहरू जिपन चौधरी, सन्तोष दइत, बुद्धिराम थारु, लक्ष्मीनारायण थारु, सुरेश थारु, बाग्लुङका नरेन्द्र विक, कन्टेनर चालक फुर्वा लामा, मिक्चर चालक गोविन्द मोक्तान, हाइलक्स चालक लोकमान तामाङ सम्पर्कविहीन छन्। अहिले प्रभावित स्थानमा खोज तथा उद्धार कार्य जारी छ।

नेपाली सेनाले रसुवाको टिमुरे इलाकाबाट ९ जनाको सकुशल उद्धार गरेको छ।

बाढी पिडितको उद्धार कार्यको लागि नेपाली सेनाको हेलिकोप्टरबाट त्रिशुली ईलाकामा रुखमा बसी ज्यान जोगाइरहेका थप २ जना उद्धार भएको छ।

एनए-०३८ एमआई र र इकुरोइल हेलिकोप्टर उद्धारका लागि खटिएका छन्।

प्रकाशित मिति : असार २४, २०८२ मंगलबार  १२ : ३४ बजे