कपिलवस्तुमा बस दुर्घटना: २९ जना घाइते, ३ जनाको अवस्था गम्भीर



काठमाडौं । कपिलवस्तुको बुद्धभूमि नगरपालिका–९ मा आज बिहान काठमाडौंबाट दाङ जाँदै गरेको बस दुर्घटना हुँदा २९ जना घाइते भएका छन्।

इलाका प्रहरी कार्यालय गोरुसिङ्गेका अनुसार काठमाण्डौबाट दाङ जाँदै गरेको लुम्बिनी प्रदेश ०२–००१ ख ००४५ नं।को बस पूर्व पश्चिम राजमार्ग अन्तर्गत बुद्धभुमी नगरपालिका वडा नं.९ वेलनदीमा दुर्घटनामा परेको हो।

बस आफै अनियन्त्रित भई सडकको दायाँ साइडमा पल्टिन पुग्दा २९ जना यात्रु घाइते भएका छन्।

घाइतेमध्ये तीन जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति : असार २९, २०८२ आइतबार  १० : ३३ बजे