मंगलबार सुनको मूल्य स्थिर



काठमाडौं । नेपाली बजारमा आज (मंगलबार) सुनको मूल्य स्थिर छ ।

चाँदीको भाउ भने रु ४० ले घटेको छ ।

सोमबार प्रतितोला एक लाख ९३ हजार तीन सय रुपैयाँमा कारोबार भएको सुन मंगलबार पनि सोही मूल्य कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज चाँदीको भाउ भने घटेको छ । चाँदी प्रतितोला दुई हजार दुई सय ७५ रुपैयाँ कायम भएको छ । चाँदी सोमबार प्रतितोला दुई हजार तीन सय १५ रुपैयाँमा कारोबार भएको थियो ।

प्रकाशित मिति : असार ३१, २०८२ मंगलबार  ११ : ३७ बजे