पोखरा । पर्वतमा पहिरोले घर पुर्दा एक जनाको मृत्यु भएको छ भने एक बेपत्ता भएका छन् ।
प्रहरीले पहिरो पन्छाउने क्रममा ७६ वर्षीय छविलालको शव फेला पारेको छ ।
बेपत्ता उनकी श्रीमति विष्णुमतिको खोजी भइरहेको छ ।
मोदी गाउँपालिका–३ लाङ्दीका छविलाल विश्वकर्माको घरमाथिबाट आइतबार बिहान पहिरो खसेको हो ।










