तोलामा १८ सय रुपैयाँले बढ्यो सुनको मूल्य



काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य तोलामा १८ सय रुपैयाँले बढेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा ३५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३२० रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : श्रावण ६, २०८२ मंगलबार  ११ : २९ बजे