प्रधानमन्त्री आज महोत्तरी र बारा जाँदै



काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली शुक्रबार विभिन्न कार्यक्रमका लागि महोत्तरी र बारा जाँदै छन् ।

प्रधानमन्त्री ओलीले महोत्तरीको मटिहानी नगरपालिका–८ स्थित विग्ही नदी पुलको उद्घाटन, वडा नं ६ मा नवनिर्मित प्रसूतिगृहको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

महोत्तरीमै जनकपुर–कुर्था–सम्सी सडकखण्ड रौजास्थित रातुखोला पुल उद्घाटन गर्ने कार्यक्रम रहेको छ ।

यसैगरी बाराको परवानीपुर गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन र सभालाई सम्बोधन गर्ने कार्यक्रम छ ।

प्रकाशित मिति : श्रावण ९, २०८२ शुक्रबार  १० : २३ बजे