आजदेखि चितवनका केही क्षेत्रमा लोडसेडिङ सुरु



काठमाडौं । आजदेखि चितवनका केही क्षेत्रमा ६ घण्टा लोडसेडिङ सुरु भएको छ ।

पूर्वी चितवनमा दिनमा दुईपटक गरी ६ घण्टा लोडसेडिङ हुन थालेको हो ।

नेपाल विद्युत् प्राधिकरण चनौली वितरण केन्द्रले ६ घण्टा लोडसेडिङको तालिका सार्वजनिक गरेको छ ।

अत्यधिक गर्मी र रोपाईंको समयमा आकाशे पानी नपरेकाले सिँचाइ ग्राहकको लोड बढेकोले लोडसेडिङ्को तालिका सार्वजनिक गरेको हो ।

तालिका अनुसार नारायणी–माडी फिडरहरू : बिहान ६ः०० देखि ९ः०० र दिउँसो ३ः०० देखि ६ः०० बजेसम्म ,मेघौली–विजयनगर–शुक्रनगर फिडरहरूः: बिहान ९ः०० देखि १२ः०० र बेलुका ६ः०० देखि ९ः०० बजेसम्म र जगतपुर–रामपुर फिडरहरूः दिउँसो १२ः०० देखि ३ः०० र बेलुका ९ः०० देखि १२ः०० बजेसम्म लोडसेडिङ हुने छ ।

प्रकाशित मिति : श्रावण ११, २०८२ आइतबार  १० : ३९ बजे