समाजवादी मोर्चाको बैठक जारी



काठमाडौँ । समाजवादी मोर्चाको बैठक आलोकनगरस्थित नेकपा (एकीकृत समाजवादी)को केन्द्रीय कार्यालयमा सुरु भएको छ।

बैठकमा नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाल कम्युनिष्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’लगायत नेताहरू सहभागी छन्।

समसामयिक राजनीति, मोर्चालाई थप प्रभावकारी बनाउने, भावी नीति तथा कार्यक्रम ल्याउने विषयमा छलफलका लागि बैठक बसेको मोर्चाका प्रवक्ता खड्गबहादुर विश्वकर्माले बताए ।

प्रकाशित मिति : श्रावण १३, २०८२ मंगलबार  ४ : १८ बजे