काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रतिक्रियावादीले माओवादीलाई विभाजन गर्न अनेक षड्यन्त्र र जालझेल गरिरहेको बताएका छन्।
आइतबार माओवादी कार्यालय पेरिसडाँडामा आयोजित २३औँ बोत्ले स्मृति दिवसमा प्रचण्डले यस्तो बताएका हुन्।
‘शान्ति सम्झौतामा आएदेखि अहिलेसम्म माओवादीलाई विभाजन गरी कमजोर बनाउन प्रतिक्रियावादीले अनेक षड्यन्त्र र जालझेल गरिरहेका छन्,’ उनले भने।
अहिले सबे माओवादीधाराहरु र सच्चा क्रान्तिकारी कम्युनिस्टबीच एकता गर्ने प्रयास गरेको उल्लेख गर्दै प्रचण्डले एकता हुन नदिन प्रतिक्रियावादीहरु पनि ज्यान छाडेर लागेको धारणा राखेका थिए।
प्रचण्डले माओवादीले आफूलाई एकताबद्ध गर्न नसके प्रतिक्रियावादीले प्राप्त उपलब्धिलाई समेत उल्टाउने खतरा रहेको बताए।
‘क्रान्तिकारी, वामपन्थी र देशभक्तलाई एकताबद्ध गरेर प्रतिक्रियावादीको षडयन्त्रको प्रतिवाद र प्रतिरोध गर्ने कोसिस जारी रहेको उनको भनाइ छ,’ प्रचण्डले भने, ‘शान्तिप्रक्रियाका बाँकी काम टुङ्गाउने कुरा अघि बढेको भन्दै अझै पनि शान्तिप्रक्रियालाई टुड्गोमा पुराउन नदिने षडयन्त्र र चलखेल देखिएको छ।’
प्रचण्डले नयाँ खालको बिद्रोहद्वारा प्रतिक्रियावादीलाई परास्त गर्नुपर्छ भन्ने संकल्पका साथ आफू हिँडिरहेको बताए।
कार्यक्रममा सहिद परिवारलाई सम्मान गरिएको थियो।










