काठमाडौं । स्थानिय बजारमा बुधबार सुनको मूल्य घटेको छ ।
आज सुनको मूल्य तोलामा १०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९८ हजार ४०० रुपैयाँ कायम रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३०५ रुपैयाँमा खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ ।














