काठमाडौं । उपप्रधान एवं अर्थमन्त्री विष्णु प्रसाद पौडेलले धुलो र हिलो रहित सडकको परिकल्पनालाई व्यहारिकरुपमा सार्थक तुल्याउन काम गरिरहेको बताएका छन् ।
नाइमा मोबिलिटी एक्स्पोको उद्घाटन कार्यक्रममा बोल्दै उनले यस क्षेत्रको विकासका लागि सरकारले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको दाबी गरे।
सरकारले भृकुटीमण्डपमा अन्तर्राष्ट्रियस्थरको प्रदर्शनीस्थल बनाउने र यसको लागि बजेट छुट्याइसकेको जानकारी दिए । सरकार अहिले यसको डिजाइन तयारीमा रहेको उनको भनाइ छ ।
तीन वर्षमा आधुनिक प्रदर्शनीस्थल निर्माण भइसक्ने उनको दाबी छ ।














