काठमाडौं । कालीगण्डकी नदीमा आमा–छोरा बेपत्ता भएको आशंकामा सशस्त्र प्रहरीले खोजी कार्य सुरु गरेको छ ।
(हिजो) साउन २१ गते साँझ कालीगण्डकीमा आमा–छोरा बेपत्ता भएको आशंकामा प्रहरीले खोजी कार्य सुरु गरेको हो ।
नदी किनारमा उनीहरूका सामान फेला परेपछि दुवै जना नदीमा बेपत्ता भएको हुन सक्ने गम्भीर आशंकामा सशस्त्र प्रहरीले खोजी कार्यलाई तीव्र पारेको छ ।
सशस्त्र प्रहरी बलका अनुसार, गल्याङ नगरपालिका-५ सेतीवेणीस्थित कालीगण्डकी नदी किनारको प्रतीक्षालयमा एक महिलाले बोक्ने झोला, चप्पल, मोबाइल फोन र बच्चाको जुत्ता बेवारिसे अवस्थामा फेला परेको थियो । मंगलबार साँझदेखि ती सामानहरू त्यहाँ देखिएपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए ।










