काठमाडौं । स्थानिथ बजारमा सुनको मूल्य दुई लाखनजिक पुगेर नयाँ रेकर्ड बनाएको छ । आज सुनको मूल्य एकहजार रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य प्रतितोला एक लाख ९९ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको हो । जुन हालसम्मकै उच्च मूल्य हो ।
आज चाँदीको मूल्य १० रुपैयाँ बढेर प्रतितोला दुईहजार ३२५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














