काठमाडौं। नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक २७.९० अंकले घटेर दुई हजार ८२२ दशमलव ४६ को बिन्दुमा कायम भएको छ। आज नेप्से परिसूचक शून्य दशमलव ९७ प्रतिशतले घटेको हो।
आज विभिन्न ३२४ कम्पनीका दुई करोड ५० लाख ९२ हजार ४९० कित्ता शेयर ९८ हजार ५२५ पटक खरिदबिक्री हुँदा रू १० अर्ब २१ करोड एक लाख ४२ हजार ३०८ बराबरको कारोबार भएको नेप्सेले जनाएको छ।
बैंकिङ शून्य दशमलव ४१, वित्त एक दशमलव २७, होटल तथा पर्यटन शून्य दशमलव ७६, जलविद्युत् एक दशमलव ४१ र लगानी समूह दशमलव १७ प्रतिशतले घटेको छ। त्यस्तै जीवन बीमा शून्य दशमलव ८०, उत्पादन तथा प्रशोधन शून्य दशमलव ७५, निर्जीवन बीमा एक दशमलव २४ र व्यापार समूह एक दशमलव ४४ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज सबैभन्दा धेरै शिवम् सिमेन्ट लिमिटेडको रू ५३ करोड ८८ लाख ६० हजार ९५७ बराबरको शेयर कारोबार भएको छ। कारोबार भएका शेयर सङ्ख्याका आधारमा भने सबैभन्दा धेरे सिद्धार्थ इन्भेष्टमेन्ट ग्रोथ स्किम–२ को नौ लाख २३ हजार ५४९ कित्ता शेयर किनबेच भएको छ।














