देशमा ओली, देउवा र प्रचण्डको बारेमा बोल्नेको खैरियत छैन : अमरेशकुमार सिंह



सांसद अमरेशकुमार सिंहले तीन जना नेताहरुको विरुद्धमा देशमा बोल्नै नहुने परिस्थिति सिर्जना गरिएको बताएका छन् ।आजको प्रतिनिधि सभाको बैठकमा बोल्दै उनले यस्तो बताएका हुन् ।

तीन ठूला राजनीतिक दलहरुका शिर्ष तीन नेताहरु (केपी शर्मा ओली, शेरबहादुर देउवा र पुष्पकमल दाहाल)का विरुद्धमा बोल्नै नहुने स्थिति आएको उनले दाबि गरे।

तीन शिर्ष नेताहरुको बारेमा बोल्यो भने कोही अमरेश सिंह, कोही भीम रावल, कोही रवि लामिछाने र कोही रेशम चौधरी हुने उनको टिप्पणी छ ।

उहाँले भन्नुभयो, ‘अहिले तीन जनाको विरुद्धमा बोल्यो भने त्यसको खैरियत छैन । तीन वटा ठूला पार्टीका जुन तीन टाउका छन् । बोल्यो भने त्यसलाई कोही अमरेश सिंह हुन्छ, कोही भीम रावल हुन्छ । कति होलान्, होलान् । कोही रेशम चौधरी हुन्छ, कोही रवि लामिछाने हुन्छ । त्यसको दर्जनौँ फेहरिस्त गराउन सकिन्छ । साइबर सेक्युरिटीले त्यसमा एउटा इँटट थप्ने काम गर्दछ ।’

प्रकाशित मिति : श्रावण २८, २०८२ बुधबार  ६ : २२ बजे