उपत्यकाका नदीमा शुद्धता ल्याउने प्रयास भइरहेको छः उपप्रधानमन्त्री सिंह



काठमाडौं । उपप्रधान एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले उपत्यकाका नदीमा शुद्धता ल्याउनको लागि प्रयास भइरहेको बताएका छन् ।

काठमाडौंमा बिहीवार आयोजित एक कार्यक्रममा उनले यस्तो बताएका हून् ।

वागमती, विष्णुमती लगायतका नदीलाई शुद्ध गर्नको लागि ढलको व्यवस्थापनको लागि बजेट पनि छुट्याइएको उनले जानकारी दिए ।

अधिकार सम्पन्न वागमती सभ्यता एकीकृत विकास समितिको अध्यक्ष छनोटको काम भइरहेको जानकारी दिनुहुँदै उनले अध्यक्ष छनोटपछि बाँकी काम अगाडी बढाइने बताए ।

उनले यसवर्ष सिधैै नदीमा गईरहेको ढल जाँच गर्नको लागी विशेष कार्यक्रम बनाएको जानकारी दिए ।

उनले नदीबाट निस्किने गन्ध रोक्ने गरी काम अगाडी बढाउने उल्लेख गरे । पहिला लेआउट गरिसकेको ढललाई काम लाग्ने गरी सञ्चालनमा ल्याउनको लागि प्राविधिक तरिकाले अगाडी बढीरहेको उनको भनाई छ । धोवीखोलामा, वागमती, विष्णुमती लगायत सबै खोलाहरुमा के गर्दा राम्रो हुन्छ, त्यहीअनुसार शुद्धता ल्याउनको लागी प्रयास भइरहेको उनको दाबी छ ।

उनले भने, ‘यस पटकको बजेट, निति तथा कार्यक्रममा यहाँका वागमती, विष्णुमती लगायतका नदीनालालाई शुद्ध गर्नको लागी ढलको व्यवस्थापन गर्नदेखि लिएर व्यवस्थापन गर्नको लागि हामीले विशेष गरेर बजेट पनि राखेको छु ।

खास गरेर अहिले चाहीँ तपाईंहरुले भन्नुभएको छ, वागमती सभ्यतादेखि लिएर विशेष संरचनाको लागी त्यहाँ अध्यक्ष र सिईओको लागि अहिले प्रतिष्पर्धाको काम भइरहेको छ । अब त्यसमा चाहीँ जाँच भईरहेको छ । हेरौँ त्यसमा चाहीँ अब को आउँछ, आइसकेपछि अनि यो वागमती सभ्यताको अहिले जुन कार्यक्रमहरु छ । त्यसलाई हामी अगाडी बढाउनेछौँ । र यसपटक महिले अरु केही गर्न नसकेपनि यो जुन ढल नदीमा सिधै गइरहेको छ । त्यसलाई जाँच गर्नको लागि यस वर्ष विशेष कार्यक्रम बनाएको छु । पहिला लेआउट गरिसकेको जुन ढल छ, त्यसलाई चाहीँ काम लाग्ने गरिकन सञ्चालनमा ल्याउनको लागि के गर्नुपर्छ, प्राविधिक तरिकाले गरेर गन्ध चाहीँ रोक्नुपर्छ भन्ने कुरामा म अगाडी बढीरहेको छु । त्यहीअनुसार अहिले हामीले जोड दिइरहेका छौँ । धोवीखोलामा, वागमती, विष्णुमति लगायत सबै खोलाहरुमा के गर्दा राम्रो हुन्छ । शुद्धता ल्याउनको लागि प्रयास भइरहेको छ ।’

उनले काठमाडांैको समस्याकाकै रुपमा अव्यवस्थित बस्ती देखिँदै आएपनि यसलाई तत्काल हटाउन नसकिने बताए । यो अति संवेदनशील भएकोले ईच्छा गर्दैमा सबै सुकुम्वासी हट्छ, भन्ने नसोच्न पनि उनले आग्रह गरे। –न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण २९, २०८२ बिहीबार  १ : ३७ बजे