नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी



काठमाडौं । नेकपा (एकीकृत समाजवादी) को सचिवालय बैठक जारी छ ।

पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा बैठक बसिरहेको हो ।

बैठकमा पार्टीका वरिष्ठ नेता वामदेव गौतमको जिम्मेवारी, नेतृ रामकुमारी झाँक्रीको आत्मसमीक्षाबारे निर्णय लिइने बताइएको छ । साथै समसामयिक, राजनीतिक विषयहरुमा पनि छलफल हुनेछ । नेकपा (माओवादी केन्द्र)सँगको पार्टी एकताका बारेमा पनि बैठकमा छलफल हुने बताइएको छ । —न्युज एजेन्सी नेपाल

प्रकाशित मिति : श्रावण ३०, २०८२ शुक्रबार  १२ : ५४ बजे