काठमाडौं ।स्थानिय बजारमा आइतबार सुनको मूल्य घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य तोलामा ७०० रुपैयाँले घटेको हो ।
यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार ५०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य पनि तोलामा पाँच रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














