तोलामा १२०० रुपैयाँले घट्यो सूनको मूल्य



काठमाडौं । स्थानिय बजारमा मंगलबार सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार सुनको मूल्य तोलामा १२०० रुपैयाँ घटेको हो ।

यस दिन छापावाल सुनको मूल्य तोलाको एक लाख ९५ हजार १०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य पनि तोलामा १५ रुपैयाँले घटेको छ । चाँदी प्रतितोला दुई हजार ३०० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ३, २०८२ मंगलबार  ११ : ०३ बजे