सुनको मूल्य बढ्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो ।

सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।

चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : भाद्र ६, २०८२ शुक्रबार  ११ : ४३ बजे