काठमाडौं । स्थानिय बजारमा शुक्रबार सुनको मूल्य बढेर कारोबार भइरहेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनूसार आज सुनको मूल्य तोलामा ४०० रुपैयाँ बढेको हो ।
सुनको मूल्य तोलाको एक लाख ९५ हजार २०० रुपैयाँ कायम छ ।
चाँदीको मूल्य तोलामा २० रुपैयाँले बढेको छ । चाँदी प्रतितोला दुई हजार ३१० रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ ।














