बन्दीपुर केवलकारको आईपीओमा सर्वसाधारणलाइ आजदेखि आवेदन खुल्ला



काठमाडौँ। बन्दीपुर केवलकार एन्ड टुरिजम लिमिटेडले आज ९भदौ ११ गते० देखि साधारण शेयर ९आईपीओ० निष्काशन गर्दैछ।

कम्पनीले आयोजना प्रभावित र वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि आईपीओ जारी गरेपश्चात् सर्वसाधारणका लागि आईपीओ जारी गरेको हो।

कम्पनीले धितोपत्र बोर्डबाट २ अर्ब ८३ करोड रुपैयाँको २०।७१ प्रतिशत अर्थात् ५८ करोड ६० लाख रुपैयाँको ५८ लाख ६० हजार कित्ता आईपीओ जारीका लागि अनुमति पाएकोमा २ प्रतिशत अर्थात ५ लाख ६६ हजार कित्ता आयोजना प्रभावित क्षेत्रका बासिन्दाका लागि र ५ लाख २९ हजार ४०० कित्ता शेयर वैदेशिक रोजगारीमा रहेका नेपालीका लागि निष्काशन भएको थियो।

बाँकी १ लाख ५८ हजार ८२० कित्ता कम्पनीमा कार्यरत कर्मचारी र २ लाख ६४ हजार कित्ता सामूहिक लगानी कोषका लागि छुट्याएर कम्पनीले ४३ लाख ४१ हजार ८० कित्ता शेयर आजदेखि सर्वसाधारणका लागि निष्काशन गरेको हो।

आईपीओमा न्युनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सकिने छ। आईपीओमा आगामी भदौ २५ गतेसम्म आवेदन दिन सकिने छ।

प्रकाशित मिति : भाद्र ११, २०८२ बुधबार  ९ : २८ बजे