काठमाडौँ। आज देशका विभिन्न ठाउँमा भारी वर्षाको सम्भावना बताइएको छ भने अहिले देशभर वर्षा जारी रहेको छ । तेसैगरी आगामी केही दिन रागमार्गहरु बन्द गर्न मौसमबिदहरुले सुझाब दिएका छन् ।
सडक बिभागले पनि केही दिन सकभर यात्रा नगर्न र गर्नै परे मुख्य राजमार्ग मात्रै प्रयोग गर्न भनेको छ ।
बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त मनसुनी वायुको प्रभावले काठमाडौँ लगायत देशभर पानी परिरहेको छ। रातभर वर्षा भएसँगै खोलानालामा पानीको बहाव बढेको छ।
मौसम पुर्वानुमान महाशाखाका अनुसार आज दिउँसो देशभरको मौसम साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेको छ।
महाशाखाका अनुसार कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भु-भागका थोरै स्थानहरूमा तथा लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी वर्षाको सम्भावना छ। यसका अतिरिक्त, मधेश प्रदेश, बागमती प्रदेश र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका एक/दुई स्थानमा धेरै भारी वर्षाको समेत सम्भावना रहेको विभागले जनाएको छ।
आज राति कोशी, मधेश, बागमती र गण्डकी प्रदेशमा अधिकांश बदली रही बाँकी प्रदेशमा साधारणतया बदली रहनेछ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका अधिकांश स्थानहरूमा, लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भागका धेरै स्थानहरूमा तथा बाँकी प्रदेशका केही स्थानहरूमा मेघगर्जन चट्याङसहित मध्यम वर्षा हुने सम्भावना छ।
राति पनि वर्षाको तीव्रता उच्च रहने देखिएको छ। कोशी, मधेश, बागमती र गण्डकी प्रदेशका पहाडी र तराई भू-भागका केही स्थानहरूमा तथा मधेश प्रदेश लगायत लुम्बिनी प्रदेशका तराई भू-भागका एक/दुई स्थानमा भारी देखि धेरै भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ।
भारी वर्षाका कारण बाढी, पहिरो र सडक अवरोध को जोखिम बढ्ने भएकाले सबैलाई सतर्कता अपनाउन र आवश्यक सावधानीसहित सुरक्षित यात्रा गर्न महाशाखाले अनुरोध गरेको छ ।










