जेन–जी समन्वय संघर्ष समितिको मागः सर्वपक्षीय अन्तरिम सरकार



काठमाडौं । जेनजीहरुले सर्वपक्षीय अन्तरिम सरकार गठन हुनुपर्ने माग अघि सारेको छन् ।

जेनजीद्वारा आह्वान जनआन्दोलन, २०८२ समन्वय संघर्ष समितिले मंगलवार काठमाडौंमा पत्रकार सम्मेलन गरी मुलुकलाई निकास दिन राजनीतिक दलहरुसहितको सर्वपक्षीय अन्तिम सरकार गठन हुनुपर्ने माग गरेको हो ।

राष्ट्रिय संकट समाधानका लागि राजनीतिक दल, नागरिक समाज र जेन–जी आन्दोलनका प्रतिनिधि सम्मलित सो सरकार गठन हुनुपर्ने माग गर्नुपरेको समितिका प्रतिनिधि लेनिन विष्टले बताए ।

प्रकाशित मिति : कार्तिक ११, २०८२ मंगलबार  ७ : ३२ बजे