चितवनको टिकौली जंगलमा बससहित तीन साधन ठोक्किदा ३३ जना घाइते (सुचीसहित)



रौतहट । रौतहटको गौरबाट छुटेको यात्रु बाहक बससहित तीन सवारी साधन ठोक्किदा ३३ जना घाइते भएका छन ।

चितवनको भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा एउटा ट्रक र दुईवटा बस आपसमा ठोक्किँएको हो ।


भरतपुर महानगरपालिका–९ टिकौली जंगलमा ईट्टा लोड गरेर पार्कीङ्ग गरिराखेको ना ६ ख ८१३ नंम्बरको ट्रकमा गौर बाट काठमाडौंतर्फ आउदै गरेको बा. प्र.०३०० ख ०१२३ नंम्बरको डल्फिन यात्रुबाहक बस ठोक्किएको र सोही बसमा जनकपुरबाट काठमाडौं तर्फ आउदै गरेको बा.प्र.०३०० ख ३९०२ नंम्बरको रुद्राक्ष यात्रुबाहक बस शुक्रबार बिहान करिब पौने २ बजे ठोक्किँएको प्रहरीले जानकारी दिएको छ ।


बस सडकमा पल्टिएको र दुर्घटना लगत्तै सशस्त्र प्रहरी बल, नेपाल नं. १७ गण आपटारी चितवनबाट गएको सुरक्षाफौजले घाइतेहरुको तत्काल उद्धार गरेको प्रहरी हो ।


घाइतेहरु अहिले चितवन मेडिकल कलेजमा १५ जना, नेशनल सिटि अस्पतालमा १३ जना र भरतपुर अस्पतालमा ५ जनाको भर्ना गराइ उपचार भइरहेको जिल्ला प्रहरी कार्यलय चितवनले जनाएको छ । सडकबाट बसलाई हटाएर सडक एकतर्फी खुलाइएको छ ।

प्रहरीका अनुसार एक जना बसका चालकलाई नियन्त्रणमा लिएको र यस विषयमा थप अनुसन्धान भईरहेको छ ।


घाइतेहरुको नामवली


दुर्घटनामा दुई बसका चालकसहित ३३ जना घाइते भरतपुरको नयाँ मेडिकल कलेजमा उपचार भईरहेको र सबैको अवस्था मध्यम रहेको बुझिएको छ ।


१ उदयपुर त्रियुगा–१० का सार्थकबाबु क्षेत्री ९२००, मध्यम
२ धनुषा जनकपुर–१७ का सदाकत मियाँ ९३९०, मध्यम
३ धनुषा जनकपुर–१७ का नरेन्द्र शाह ९५२०, सामान्य
४ रौतहट गौर–५ का मुकेश कुमार केसरी ९४१०, मध्यम
५ धनुषा जनकपुर–७ का समिर अन्सारी ९१७०, सामान्य
६ महोत्तरी पिपरा–१ की गीता देवी यादव ९५००, सामान्य
७ रौतहट राजदेवी–१ का कृष्ण कुमार साह, मध्यम
८ धनुषा जनकपुर–१ का बसन्त झा ९४६०, सामान्य
९ धनुषा जनकपुर–४ का मुकेश लाल कर्ण ९४९०, सामान्य
१० धनुषा जनकपुर–४ की अन्जु कर्ण ९३४०, सामान्य
११ धनुषा जनकपुर–४ का आरुष कर्ण, सामान्य
१२ महोत्तरी पिपरा–१ का राम क्षेत्री ९३७०, सामान्य
१३ रौतहट राजदेवी–१ का अनिकेत कुमार साह ९२००,
१४ रौतहट बृन्दावन–३ का आरभ मिश्र ९११०, मध्यम
१५ धनुषा लक्ष्मीनिया–४ की विधा चौधरी ९१९०, मध्यम


नेशनल सिटी अस्पतालमा उपचाररत घाइतेहरू


१ धनुषा जलेश्वर–५ का आदित्य कुमार सिंह ९२००, सामान्य
२ धनुषा जलेश्वर–५ की रेखा सिंह ९४३०, सामान्य
३ धनुषा जलेश्वर–५ की अञ्जली सिंह ९२१०, सामान्य
४ भारत मोतिहारीका सुनिल प्रसाद ९३२०, सामान्य
५ भारत मोतिहारीकी सुभद्रा कुमारी चौधरी ९२५०, सामान्य
६ भारत मोतिहारीकी प्रिया जैशवाल ९७०, सामान्य
७ भारत मोतिहारीकी कृती जैशवाल ९४०, सामान्य
८ धनुषा जनकपुर–८ का आलोक कुमार राउत ९२८०,सामन्य
९ रौतहट राजदेवी–२ का मोनु कुमार महतो ९२१०, सामान्य
१० रौतहट गौर–९ की गम्भिरादेवी ठाकुर ९६६०, सामान्य
११ रौतहट गरुडा–७ का विजय साह ९५००, सामान्य
१२ रौतहट गरुडा–७ की उर्मिला कुमारी साह ९४००, सामान्य
१३ रौतहट बृन्दावन–३ की सुनिता देवी मिश्र ९६२०, मध्यम

भरतपुर अस्पतालमा उपचाररत घाइतेहरू


१ रौतहट दुर्गावती–२ का राजकिशोर दास ९३००, सामान्य
२ रौतहट दुर्गावती–२ का राजु दास ९२५०, सामान्य
३ भारत मोतिहारीका महमद साहेब ९२२०, सामान्य
४ रौतहट माधवनारायण–५ का रोशी कुमार साह ९१९०, सामान्य
५ धनुषा लक्ष्मीनिया–४ की दिव्या चौधरी ९१९०, मध्यम

प्रकाशित मिति : कार्तिक १४, २०८२ शुक्रबार  ८ : ३७ बजे