सुनको मूल्य घट्यो, तोलामा कति पूग्यो ?



काठमाडौं । मंगलबार सुनको मूल्य घटेको छ ।

यस दिन सुन मूल्य तोलामा एक हजार रुपैयाँले घटेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन दुई लाख ५१ हजार ९०० रुपैयाँमा कारोबार भैईरहेको छ ।

सोमबार प्रतितोला दुई लाख ५२ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, चाँदी पनि प्रतितोला १५ रुपैयाँले बढेको छ । अघिल्लो दिन तीन हजार पाँच सय ८५ रुपैयाँमा कारोबार भएको चाँदी आज तीन हजार ६ सय रुपैयाँ पुगेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : मंसिर २३, २०८२ मंगलबार  ११ : १२ बजे