सुनको मूल्य बढ्यो, कतिमा हूँदैछ कारोबार ?



काठमाडौं । स्थानिय बजारमा सुनको मूल्य बढेको छ ।

आज सूनको मूल्य तोलामा ७०० रुपैयाँले बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुन प्रतितोला दुई लाख ५९ हजार ७०० रुपैयाँमा कारोबार भैईरहेको छ ।

त्यसैगरी चाँदी पनि १७० रुपैयाँले बढेर चार हजार ५५ रुपैयाँमा कारोबार भैईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : पुस २, २०८२ बुधबार  ११ : २२ बजे