काठमाडौं । टाटा मोटर्सको नेपालका लागि एकमात्र अधिकृत वितरक सिप्रदी ट्रेडिङ प्रा.लि.ले नेपाली ग्राहकहरुले अत्याधिक रुचाएको टियागो ईभी कारमा अहिलेसम्मकै आकर्षक योजना सार्वजनिक गरेको छ ।
नेपाली बजारमा ह्याचब्याक ‘ईभी सेग्मेन्टमा उपलब्ध फिचर अनुसार सबैभन्दा सस्तो र सुरक्षित कारको पहिचान बनाएको टियागो ईभीमा सिप्रदीले अहिलेसम्मकै आकर्षक योजना ‘ग्रेटेष्ट अफर अफ अल टाइम’ अफर घोषणा गरेको हो ।
अफर अन्तर्गत ग्राहकहरूले टियागो ईभी किन्दा आकर्षक पुरस्कार, ठूलो नगद छुट तथा प्रिमियम सेवाहरू प्राप्त गर्न सक्ने सिप्रदीले जनाएको छ ।
कम्पनिका अनुसार यो अफरमा सहभागि हुने ग्राहकहरूले तीन उत्कृष्ट उपहार अप्सन पाउने छन् । जसमध्ये ग्राहकले जोडीका लागि बाली भ्रमण, आईफोन १७ प्रो म्याक्स, वा सबैभन्दा ठूलो नगद छुट रोज्न सक्नेछन् ।
अफरमा सहभागि हुने ग्राहकहरूले सर्वश्रेष्ठ एक्सचेन्ज मूल्य, जीवनभरका लागि डीसी फास्ट चार्जिङ सुविधा, एक वर्षको सवारी कर, निःशुल्क एक्सेसरीज, तथा फ्री होम चार्जर इन्स्टलेसन जस्ता थप मूल्यवान सुविधाहरू पनि छ। यी सुविधाले ग्राहकलाई थप सहज र भरपर्दो अनुभव प्रदान गर्ने विश्वास लिएको सिप्रदीले जनाएको छ ।
सहरी क्षेत्रको लागि उपयुक्त मानिएको टाटा टियागो ईभीले सहरी क्षेत्रमा मात्र नभएर लामो दुरीको सडक यात्रा गर्ने ग्राहकहरुलाई पनि उत्तिकै सन्तुष्ट बनाइरहेको छ । टाटाले देशभरि ठाउँठाउँमा राखेका आफ्नै चार्जिङ स्टेसनहरूले टियागो लगायत टाटाका अन्य ईभी प्रयोगकर्ताहरुलाइ लामो यात्राका लागि थप सहज बनाएका छन् ।
टाटा टियागो इभि आधुनिक डिजाइन, उत्कृष्ट प्रदर्शन र किफायती सञ्चालन खर्चका कारण धेरै नेपालिहरुको रोजाईमा पर्ने गरेको छ । टियागो इभिको सडकमा देखिने संख्यात्मक उपस्थिले पनि यो कारप्रतिको विश्वाशलाइ प्रमाणित गरेको छ ।
यो कारको सुरूवाती मुल्य २७ लाख ४९ हजार मात्रै रहेको छ।














