सुनको मूल्य बढ्यो, तोलामा कति पुग्यो ?



काठमाडौं । नेपाली बजारमा सोमबार सुनको मूल्य ५ हजार ६ सय रुपैयाँले बढको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुनको मूल्य ३ लाख २६ हजार ५०० रुंपैयाँमा कारोबार भइरहेको छ ।आइतबार सुनको मूल्य ३ लाख २० हजार ५ सय रुंपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ । आज चाँदी मूल्य प्रतितोला ३५ रुपैयाँले बढेको हो ।

आज चाँदी मूल्य तोलामा ६ हजार २० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रकाशित मिति : फाल्गुन १८, २०८२ सोमबार  ११ : ५२ बजे