काठमाडौं । स्थानीय बजारमा सुनको मूल्य बढेको छ ।
आज सुनको मूल्य ३५ सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख १६ हजार ९०० रुपैयाँ तोकिएको छ ।
यस्तै, चाँदीको मूल्य ३० रुपैयाँले बढेर प्रतितोला पाँच हजार ४७५ रुपैयाँ कायम भएको छ ।














