सुनको मूल्य घट्यो, कतिमा हुँदैछ कारोबार ?



काठमाडौं । नेपाली बजारमा आज(बुधबार)सुनको मूल्य घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आज सुनको मूल्य प्रतितोला २ हजार २ सय रुपैयाँले घटेको हो ।

आज सुनको मूल्य प्रतितोला तीन लाख सात हजार ७०० रुपैयाँ कायम छ ।मंगलबार प्रतितोला तीन लाख नौ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य पनि तोलामा १८५ रुपैयाँले घटेको छ । चाँदी तोलामा पाँच हजार १५० रुपैयाँ तोकिएको छ ।
हिजो चाँदी प्रतितोला पाँच हजार ३३५ रुपैयाँमा किनबेच भएको थियो ।

प्रकाशित मिति : चैत्र ४, २०८२ बुधबार  ११ : २२ बजे