काठमाडौँः साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक उच्च अंकले बढेको छ।
आज परिसूचक नेप्से ६४.६७ अंकले बढेर २ हजार ८७७.०२ विन्दुमा बन्द भएको हो।
आज ५ करोड ६९ लाख २० हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब २२ करोड ४६ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
सबै समूहका सूचक बढेका छन् । विकास बैंक समूह सबैभन्दा धेरै ३.९५ प्रतिशत बढ्यो । बैंकिङ ३.१६, फाइनान्स १.९४, होटल तथा पर्यटन १.७५, हाइड्रोपावर २.२९, लगानी १.७७, जीवन बीमा २.७६, उत्पादन तथा प्रशोधन १.८९, माइक्रोफाइनान्स १.२४, निर्जीवन बीमा १.८०, अन्य १.९७ तथा व्यापार ०.१६ प्रतिशत बढे ।
आज २४० कम्पनीको सेयर मूल्य बढेको छ भने २२ कम्पनीको सेयर मूल्यमा गिरावट आएको र २ वटा कम्पनीको शेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले जनाएको छ ।














