१४ अंकले बढ्यो नेप्से, १३ अर्ब १६ करोडको कारोबार



काठमाडौँ । साताको अन्तिम कारोबार दिन बिहीबार (आज) नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दोहोरो अंकले बढेको छ । आज नेप्से परिसूचक १४.२१ अंकले बढेर २ हजार ९५०.१६ विन्दुमा बन्द भएको हो।

आज ३ करोड ४ लाख ३८ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा १३ अर्ब १६ करोड २२ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।

बैंकिङ ०.३७, फाइनान्स ०.१७, होटल तथा पर्यटन ०.८१, उत्पादन तथा प्रशोधन १.५०, माइक्रोफाइनान्स ०.२०, निर्जीवन बीमा ०.४३ तथा अन्य समूह ०.६५ प्रतिशत बढे ।व्यापार २.८४ प्रतिशत घट्यो । जीवन बीमा ०.०४ र विकास बैंक ०.०५ प्रतिशत घटे ।

आज १७८ कम्पनीको सेयर मूल्य बढेको छ भने ८० कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ८ वटा कम्पनीको सेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १२, २०८२ बिहीबार  ४ : १८ बजे