एक्साइडको नयाँ धमाकाः ई–रिक्साकालागि ३६ महिनाको वारेन्टीसहित ई–राइड लिथियम ब्याट्री सार्वजनिक



काठमाडौं । सिप्रदी ट्रेडिङले नेपाली बजारमा ई–रिक्सा चालकहरूका लागि एउटा खुसीको खबर ल्याउँदै अत्याधुनिक एक्साइड ई–राइड लिथियम–आयन ब्याट्री सार्वजनिक गरेको छ।

खर्च घटाउने र आम्दानी बढाउने मुख्य उद्देश्यका साथ ल्याइएको यो नयाँ प्रविधिको ब्याट्रीले परम्परागत लेड–एसिड ब्याट्रीको तुलनामा ई–रिक्सालाई थप आधुनिक र शक्तिशाली बनाउने विश्वास गरिएको छ।

यो ब्याट्री एआईएस–१५६ फेज–२ प्रमाणित हुनुका साथै सर्ट सर्किट र पानीबाट जोगाउन आईपी ६७ रेटेड सुरक्षा प्रणालीले सुसज्जित छ। यस ब्याट्रीसँगै कम्पनीले २५ एम्पियरको अत्याधुनिक एक्चार्जर समेत उपलब्ध गराएको छ, जसमा २ वर्षको वारेन्टी दिइएको छ। यो चार्जरको सहायताले ब्याट्रीलाई मात्र ३ देखि ४ घण्टामै फुलचार्ज गर्न सकिन्छ।

हल्का वजन र उच्च क्षमताका कारण यो ब्याट्रीले धेरै माइलेज दिने र सधैं समान पावर कायम राख्न मद्दत पुग्दछ । साधारण लेड–एसिड ब्याट्रीको आयु १ देखि २ वर्ष मात्र हुने भएता पनि एक्साइडको यो

नयाँ लिथियम–आयन ब्याट्री ५ देखि ८ वर्षसम्म टिक्ने क्षमताको छ। यसमा बारम्बार पानी थप्नु पर्ने झन्झट नहुने र मर्मत खर्च पनि निकै कम लाग्ने भएकाले चालकहरूका लागि यो निकै किफायती सावित हुने देखिएको छ।

कम्पनीले ग्राहकहरूको ढुक्कका लागि ब्याट्रीमा ३६ महिनाको वारेन्टी प्रदान गरेको छ। नेपालभरका सबै आधिकारिक एक्साइड डिलरहरूमार्फत उपलब्ध हुने यो ब्याट्री र चार्जरको सेटले ई–रिक्सा व्यवसायीहरूको दीर्घकालीन बचत र उच्च कार्यक्षमता सुनिश्चित गर्नेछ। आफ्नो सवारी साधनलाई आधुनिक र शक्तिशाली बनाउन चाहनेहरूका लागि यो एउटा उत्कृष्ट विकल्प साबित हुने अपेक्षा गरिएको छ।

प्रकाशित मिति : चैत्र १६, २०८२ सोमबार  ४ : १७ बजे