एकैदिन तोलामा ६७ सयले बढ्यो सुनको मूल्य



काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य ह्वात्तै बढेको छ ।

आज सुनको मूल्य तोलामा ६७ सय रुपैयाँले बढेको हो ।

नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार सुन प्रतितोला दुई लाख ९० हजार २०० रुपैयाँमा कारोबार भईरहेको छ ।

अघिल्लो दिन दुई लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै, चाँदीको मूल्य तोलामा १४५ रुपैयाँले बढेर चार हजार ८४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

प्रकाशित मिति : चैत्र १७, २०८२ मंगलबार  ११ : १६ बजे