काठमाडौँ । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक साताको तेस्रो कारोबार दिन मंगलबार (आज) दोहोरो अंकले बढेको छ ।
आज नेप्से परिसूचक १९.७० अंकले बढेर २ हजार ८५१.०९ विन्दुमा बन्द भएको हो ।
आज २ करोड ७९ लाख ४२ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा ११ अर्ब ११ करोड २४ लाख रुपैयाँ बराबरको कारोबार भएको छ।
त्यस्तै बैंकिङ ०.७६, विकास बैंक ०.९०, फाइनान्स १.१२, होटल तथा पर्यटन १.००, हाइड्रोपावर ०.७५, लगानी ०.५६, जीवन बीमा ०.५२, माइक्रोफाइनान्स ०.५१, निर्जीवन बीमा ०.७६ र व्यापार समूह ०.७४ प्रतिशत बढे । अन्य समूह ०.५५ प्रतिशत घट्यो ।६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । १० प्रतिशत बढेका कम्पनीमा रिलायन्स स्पिनिङ मिल्स, सुपरखुदी हाइड्रोपावर, रिजलाइन इनर्जी, सूर्यकुन्ड हाइड्रोइलेक्ट्रिक, भुजुङ हाइड्रोपावर र होटल फरेस्ट इन छन् ।
आज १९५ कम्पनीको सेयर मूल्य बढेको छ भने ६३ कम्पनीको सेयर मूल्यमा गिरावट आएको छ। ९ कम्पनीको सेयरमूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले जनाएको छ ।














