काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले केही सञ्चार माध्यममा प्रकाशित भएको ३७ करोड रुपैयाँ दुरुपयोग सम्बन्धी समाचारको कडा शब्दमा खण्डन गरेको छ।
हिमालयन रिइन्स्योरेन्सका आधारभूत शेयरधनी दिपक भट्टले नेपाल लाइफको सहायक कम्पनीबाट रकम लिई भृकुटी स्टक ब्रोकर (दलाल नं. ५५) मार्फत नेपाल रिइन्स्योरेन्सको शेयर खरिद गरेको भनी आएका समाचारहरू पूर्णतः गलत रहेको कम्पनीले स्पष्ट पारेको छ।
“नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड सधैं प्रचलित कानून, नियामक निकायका मापदण्ड तथा संस्थागत सुशासनका सिद्धान्तहरूको पूर्ण पालना गर्दै आफ्नो व्यवसाय सञ्चालन गर्दै आएको व्यहोरा हाम्रा सम्पूर्ण सरोकारवालाहरुमा विनम्रतापूर्वक जानकारी गराउन चाहन्छौं,” विज्ञप्तिमा भनिएको छ ।
कम्पनीले आफ्ना सम्पूर्ण सरोकारवालाहरूलाई यस्ता आधारहीन समाचारको भ्रममा नपर्न समेत अनुरोध गरेको छ।














