कृषि तथा हल्टिकल्चर प्रवर्द्धनका लागि सरकारले निःशुल्क प्रदर्शनीस्थलको व्यवस्था गर्नुपर्छः व्यवसायी



काठमाडौं । कृषि तथा हल्टिकल्चर व्यवसायको प्रवद्र्धनको लागि सरकारले निःशुल्क प्रदर्शनी स्थलको व्यवस्था गर्नुपर्ने व्यवासायीहरुले माग गरेका छन् ।

भृकुटीमण्डपमा जारी तेस्रो संस्करणको नेशनल हर्टिकल्चर एक्स्पोमा सहभागी व्यवसायीहरुले सरकारसँग सो माग गरेका हुन् ।

नर्सरी व्यवसायी संघ, नेपालका पूर्वअध्यक्ष कुमार कसजूले मेला तथा प्रदर्शनी गर्नको लागि सरकारले आवश्यक भौतिक पूर्वाधारको विकास गरेर कृषि तथा हल्टिकल्चर उत्पादनको प्रदर्शनी निःशुल्क गर्न दिनुपर्ने बताए ।

हाल नेपालमा ठूला मेला गर्नको लागि ठाउँको अभाव रहेको उनको भनाई छ । उनले हाल दैनिक ७५ हजार रुपैयाँ चौरको मात्रै भाडा बुझाएर मेला आयोजना गरेको जानकारी दिए । उनले मेला महोत्सव आयोजना गर्ने व्यवस्था सरकारले नै गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : चैत्र २१, २०८२ शनिबार  ६ : ३८ बजे