काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा ४३ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार,आजका लागि तोलाको दुई हजार ९४ हजार ७०० रुपैयाँ तोकिएको छ ।हिजो दुई लाख ९९ हजारमा कारोबार भएको थियो ।
यस्तै, चाँदीको मूल्य तोलामा १५० रुपैयाँले घटेर चार हजार ८७५ कायम भएको महासंघले जनाएको छ ।














