काठमाडौं । सामसंग नेपालले स्मार्ट रअझ रमाइलो होम कुकिंगलाई प्रोत्साहनदिने उद्देश्यले विशेष माइक्रोवेभ मास्टर क्लास सफलतापूर्वक आयोजना गरेको छ।
शनिबार अप्रिल ११ मा द्वारिका प्यालेसमा सम्पन्न कार्यक्रममा १७ वर्षभन्दा बढी अनुभव भएका व्यावसायिक शेफ निमेश उलकको सहभागिता रहेको थियो ।जहाँ सहभागीहरूले सामसंगको माइक्रोवेभ रेन्जको बहुउपयोगिता प्रत्यक्ष रूपमा अनुभव गर्ने अवसर पाएका थिए।
यसकार्यक्रममा मोडर्न माइक्रोवेभ प्रविधिद्वारा घरमै खाना बनाउदा स्वाद र पोषण कसरि कायम राख्ने तथा पकाउने प्रक्रियालाई कसरि सजिलो बनाउछभन्ने प्रदर्शन गरिएको थियो।
सहभागीहरूले सामसंगका क्ययि,Solo, Grill र Convection माइक्रोवेभ मोडलहरू प्रयोग गरी व्यवहारिक कुकिङ्गसीप र सिर्जनात्मक परिकारहरू सिक्ने मौका पाएका थिए।
सामसंगका माइक्रोवेभमार्फत खाना छिटो तताउने र grill गर्ने देखि बेकिङ गर्ने तथा मल्टि-स्टेज कुकिङसम्म, विभिन्न परिकारहरू तयार गर्न सकिने तरिकाहरू शेफ उलकले प्रस्तुत गरे। खाना तताउने र ग्रिल गर्नेदेखि बेकिङ र मल्टि-स्टेज कुकिङसम्मका सिर्जनात्मक सीपहरु सिक्दै सहभागीहरूले व्यस्त जीवनशैलीका लागि सामसङका उपकरणहरू कति उपयोगी छन् भन्ने जानकारी लिए।
यसकार्यक्रमले खाना पकाउने उत्साही, गृहिणी र प्रविधिप्रेमी उपभोक्ताहरूलाई आकर्षित गर्यो , जो आधुनिक उपकरणहरूले कसरी आफ्नो दैनिक खानाको तयारीलाई अझ राम्रो बनाउन सक्छन् भनेर जान्न उत्सुक थिए।
निस्शुल्क दर्ता उपलब्ध भएकोले, सामसुङ नेपालले इच्छुक सहभागीहरूलाई मास्टरक्लासमा सहभागीहुन र माइक्रोवेभ खाना पकाउँदा दैनिक दिनचर्या कसरी परिवर्तन हुन्छ भन्ने प्रत्यक्ष अनुभव गर्न आमन्त्रित गरेको थियो।
कार्यक्रममा सामसंग स्मार्टथिंग्स एपको प्रत्यक्ष प्रदर्शन पनि गरिएको थियो, जहाँ सहभागीहरूले स्मार्ट कनेक्टिभिटीका फाइदाहरू अन्वेषण गरेका थिए। सहभागीहरूलाई Bespoke एआई वाशिङ मेसिन र रेफ्रिजरेटरका रेन्ज जस्ता सामसुङ घरेलु उपकरणहरूसँग एपलाई कसरी लिङ्क गर्दा दैनिक दिनचर्यालाई सरल बनाउन र समग्र सुविधा बढाउन सकिन्छ भन्ने कुराको परिचय गराइएको थियो।
यो पहल घरमै खाना पकाउन रुची राख्ने ग्राहकहरुलाई इनोभेटिभ किचन समाधानमार्फत सशक्त बनाउने सामसंगको निरन्तर प्रयासको एक हिस्सा हो। इनोभेटिभ एडभान्स्ड टेक्नोलोजी र विशेषज्ञ कलिनरी निर्देशन संयोजनमार्फत ब्रान्डले परिवारहरूलाई आफ्ना भान्सामा नयाँ परिकारहरुअन्वेषण गर्न प्रेरित गर्ने लक्ष्य राखिएको कम्पनीले जनाएको छ।
सामसंग नेपालले निरन्तर रूपमा सुविधा र कार्यक्षमता बढाउने इनोभेटिभघरेलु उपकरणहरू प्रस्तुत गर्दै आएको छ। यसको माइक्रोवेभ रेन्ज Solo, Grill र Convectionमोडलहरू सहित—आधुनिक जीवनशैली अनुरूप बहुउपयोगी समाधान प्रदान गर्दछ।सामसंगका माइक्रोवेभहरू देशभरका आधिकारिक सामसंग स्टोरहरूमा उपलब्ध छन्।














