सुन र चाँदीको दुबैको घट्यो मूल्य



काठमाडौं । सोमबार नेपाली बजारमा सुन र चाँदी दुवैको घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक हजार ३०० रुपैयाँले र चाँदी तोलामा ३५ रुपैयाँले घटेको हो।

आईतबारको बजारमा सुन प्रतितोला तीन लाख एक हजार रुपैयाँमा रुपैयाँमा खरिदबिक्री भएको सुन आज प्रतितोला दुई लाख ९९ हजार ७०० रुपैयाँमा खरिद बिक्री भइरहेको छ।

हिन्दु धार्मिक मान्यता अनुसार अक्षय तृतीयाको दिन सुन र चाँदी खरिद गर्ने अत्यन्तै शुभ मानिन्छ । सोहि अनुसार अन्य दिनको तुलनामा यसदिन सुन चाँदी खरिद गर्नेहरुको भिड लागेको हुन्छ ।

त्यसैगरी यसदिन चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँ खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।

त्यसैगरी आज चाँदी प्रतितोला पाँच हजार १९० रुपैयाँमा खरिदबिक्री भइरहेको छ। आईतबारको बजारमा चाँदी प्रतितोला पाँच हजार २२५ रुपैयाँमा कारोबार भएको थियो।

आज बैंशाख ७ गते सोमबार, अक्षय तृतीया समेत परेको छ ।हिन्दु धार्मिक मान्यता अनुसार अक्षय तृतीयाको दिन सुन र चाँदी खरिद गर्ने अत्यन्तै शुभ मानिन्छ ।

प्रकाशित मिति : बैशाख ७, २०८३ सोमबार  ११ : २८ बजे