काठमाडौं । स्थानीय बजारमा बिहीबार सुनको मूल्य घटेको छ ।
आज सुन तोलामा १८ सय रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज प्रतितोला दुई लाख ९८ हजार ७०० कायम भएको छ ।हिजो तीन लाख ५०० रुपैयाँमा कारोबार गरिएको थियो ।
त्यस्तै,चाँदी तोलामा ११० रुपैयाँले घटेर पाँच हजार २० कायम भएको महासंघले जनाएको छ ।














